Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

एक नेपाली युवा इरानी सुरक्षा निकायको नियन्त्रणमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, ६ गते


Advertisement

काठमाडौं । इरानी सुरक्षा निकायले एक जना नेपालीलाई नियन्त्रणमा लिएको खुलेको छ।

स्ट्रेट अफ हर्मुजबाट सुरक्षा निकायले एक जना नेपाली नागरिकलाई नियन्त्रणमा लिएको परराष्ट्र मन्त्रालयका पश्चिम एसिया महाशाखाका प्रमुख रामकाजी खड्काले जानकारी दिए।

उनले शुक्रबार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएका हुन्।

यसअघि इरानमा ६ जना नेपाली नागरिक रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको थियो।

यद्यपि पछिल्लो अपडेट अनुसार नेपालीको संख्या ११ पुगेको उनले बताए ।


प्रतिकृया दिनुहोस्