
काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संसदीय दलको नेतामा आफ्नो स्वत दाबी रहने बताएका छन्।
सानेपामा पत्रकारहरूसँग बोल्दै उनले आफू नै सबैभन्दा सिनियर भएको भन्दै यस्तो दाबी गरेका हुन् । यद्यपि सहमतिपूर्ण ढंगले निष्कर्ष निकालियोस् भन्ने आफ्नो चाहना रहेको पनि उनले बताए का छन् ।
उनले भने दलको नेतामा मेरो स्वतस् दाबी हुन्छ । सबैभन्दा सिनियर म नै हो । संसदीय अभ्यास र यात्रामा धेरै योगदान गरेको छु । २०४७ पछिको संसद कांग्रेसको सिंगै धान्दिने पनि म हुँ । म सहमतिपूर्ण ढंगले नै निष्कर्ष निस्कियोस् भन्नेमा छु।














