
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।बैठकमा भर्खरैसम्पन्न निर्वाचनमा पार्टीको पराजयको समिक्षा हुने बताइएको छ ।
त्यस्तै यस बैठकमा सभापति गगन थापाले दिएको राजीनामाका विषयमा पनि छलफल हुने भएको छ । सभापति थापाले पार्टीले निर्वाचन बेहोरेको हारको नैतिक जिम्मेवारी लिदै राजीनामा दिएका छन् ।
आजको बैठकको अध्यक्षता उपसभापति विश्वप्रकाश शर्माले गर्ने भएका छन् । शर्माले सभापतिको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश हुने स्पष्ट पारेका छन् ।
काँग्रेसको आजको बैठक दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्ने कावा मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूसहभागी हुने छन् ।














