Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कम्बोडियाबाट २० नेपालीको उद्धार, स्वदेश फर्काइयो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, ५ गते


Advertisement

काठमाडौं । कम्बोडियामा विभिन्न कारणले अलपत्र परेका २० जना नेपालीको उद्धार गरिएको छ। उनीहरूलाई थाइल्याण्डको बैंककस्थित नेपाली दूतावासको पहलमा उद्धार गरिएको हो।

दूतावासका अनुसार प्रलोभनमा परेर कम्बोडिया पुगेका उनीहरूलाई अनलाइन स्क्यामिङ केन्द्र, क्यासिनो तथा अन्य गैरकानूनी काममा लगाइएको थियो। कम्बोडिया सरकारको सहयोगमा उद्धार गरिएका उनीहरूलाई गैरआवासीय नेपाली संघको समन्वयमा काठमाडौं पठाइएको छ।

यसैबीच, अन्य अलपत्र नेपालीको पनि उद्धार प्रयास जारी रहेको दूतावासले जनाएको छ। साथै, सरकारले तोकेको प्रक्रिया पूरा गरेर मात्र वैदेशिक रोजगारीमा जान नागरिकलाई सचेत गराइएको छ।


प्रतिकृया दिनुहोस्