
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट काठमाडौं(६ का निर्वाचित प्रतिनिधिसभा सदस्यका उम्मेदवार शिशिर खनालले आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगलाई बुझाएका छन् ।
उनले फागुन २१ मा सम्पन्न निर्वाचनको क्रममा १५ लाख २३ हजार ४३७ रुपैयाँ खर्च भएको विवरण पेस गरेका हुन् ।
विभिन्न १२ शिर्षकमा खर्च भएको विवरण पेस गरेका खनालले सबैभन्दा धेरै छापा प्रचार(प्रचार सामग्रीमा भएको उल्लेख गरेका छन् । यो शीर्षकमा उनले २ लाख ६ हजार ३६ रुपैयाँ खर्च भएको बताएका छन् ।
दोस्रो धेरै खर्च उनले यातायातमा भएको बताएका छन् । खनालले यातायात शीर्षकमा १ लाख ५५ हजार ४ सय रुपैयाँ खर्च भएको विवरण आयोगमा पेस गरेका हुन् ।















