Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

श्री पेमा हाेईसाललिङ गुम्बाका प्रमुख, मान बहादुर लामाको १०१ बर्षको उमेरमा निधन

सुदिप बर्देवा प्रकाशित : २०८२ फागुन, २७ गते


Advertisement

काठमाडौं, फागुन २७- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-१ गागलस्थीत श्री पेमा हाेईसाललिङ गुम्बाका प्रमुख लामा, मान बहादुर लामाको १०१ बर्षको उमेरमा निधन भएको छ। वि.स. १९८२ साल भदौमा गागल फेदीको बज्युटाेलमा जन्मिनुभएका लामाको बुधबार बिहान ११:०० बजे निधन भएको हो।

श्री पेमा हाेईसाललिङ गुम्बाको परिकल्पनाकारसमेत रहनुभएका लामाकै अगुवाइमा करिब १८ बर्ष पहिले सुरु गरिएको श्री पेमा हाेईसाललिङ गुम्बाको निर्माण सम्पन्न भई गत माघ २८ गते उद्घाटन गरिएको थियो । उक्त गुम्बा निर्माणमा प्रमुख लामा, मान बहादुर लामाको दृढ इच्छाशक्ति र धर्मप्रेमी महानुभाबहरु तथा सरकारी निकायसमेतको सहयोगमा गत महिना मात्र सम्पन्न भई प्राण प्रतिष्ठान तथा गुम्बा उद्घाटन सम्पन्न भएको थियो । गुम्बा उद्घाटनको १ महिना नपुग्दै उहाँले बुधबार महापरिनिर्वाण प्राप्त गर्नुभएको हो।

तामाङ समुदायको बहुल्यता रहेको गागल गाउँमा लामा उपलब्ध नभएको कारण बौद्धमार्गि विधि अनुसार विभिन्न काजकिर्या तथा पुजाआजा गर्न स्थानियहरुले खेप्नु परेको समस्यालाई समाधान गर्ने उदेश्यका साथ उहाँले ३० बर्षको उमेरमा लामा बिद्या अध्ययन गर्नु भएको थियो । ज्ञान प्राप्त गरे पश्चात उहाले करिब ५० वर्ष एता प्रमुख लामाको रुपमा कार्यभार सम्हाल्दै आउनु भएको थियो ।

गागल गाउँमा लामा परम्पराको सुरुवात गर्ने श्रेय प्रमुख लामा, मान बहादुर लामालाई नै जान्छ। आफ्नो जीवनको ४० देखि ५० बर्ष उर्जाशिल समय यहि क्षेत्रमा ब्यतित गर्नु भएका लामाको निधनले गागल शोकमा डुबेको छ।
उहाँको अन्त्यष्टि, लामा विधि अनुसार बिहीबार दिउसो १ बजे गागल स्थीत चिहान डाँडामा हुने छ।

 


प्रतिकृया दिनुहोस्