
काठमाडौं । आज बिहान ७ बजेदेखि केही मतदानस्थलबाहेक देशभर मतदान जारी छ।
यसैबिच नेपाल प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार बिहान ९ बजेसम्म ८ लाख ५० हजार मत खसेको छ।
मतदानको समय साँझ ५ बजेसम्मका लागि तोकिएको निर्वाचन आयोगले जनाएको छ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपश्चात् देशमा पहिलोपटक प्रतिनिधि सभा निर्वाचन भइरहेको हो।
प्रहरी प्रधान कार्यालयका अनुसार कोसीका ६ वटा मतदानस्थलबाहेक देशका सबै मतदान केन्द्रमा मतदान भइरहेको छ।
६ वटामा भने मतदाता भने यो खबर बनाउँदासम्म उपस्थित भइसकेका छैनन्। १ हजार ९०६ वटा मतदान केन्द्र मध्ये १ हजार ९०० मतदान स्थलमा मतदान जारी छ।
मधेसका २ हजार १७८ वटै मतदान केन्द्रमा मतदान भइरहेको छ। बागमतीका उपत्यकाबाहेक १ हजार २ ८८ वटा र उपत्यकाका ५२७ वटा मतदानस्थलमा मतदान जारी छ।
सुदूरपश्चिमका १ हजार १९३ स्थान मध्ये ५ वटाबाहेक सबैमा मतदान भइरहेको छ। कर्णालीका भने ६४ वटा मतदानस्थलमा मतदाता उपस्थित भइसकेका छैनन्। त्यहाँ ९५७ वटा मतदानस्थल छन्।
लुम्बिनी प्रदेशका पनि ५ स्थानबाहेक सबै मतदानस्थलमा बिहानैबाट मतदान चलिरहेको छ। त्यहाँ १ हजार ६९४ वटा मतदानस्थल छन्।
गण्डकीका १ हजार २९७ स्थलमध्ये ११६ वटामा मतदाता नआएका कारण सुरु भएको छैन ।













