काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मतदान गरेका छन्। केहीबेरअघि उनले काठमाडौँ–४ नम्बर क्षेत्रमा पर्ने मैतीदेवी मन्दिर छेउमा रहेको केन्द्रबाट मतदान गरेका उनको सचिवालयका सदस्य रविन मुडभरीले जानकारी दिए। कांग्रेस सभापति थापा सर्लाही ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन्। मतदान गरेर थापा हेलिकप्टरमार्फत केहीबेरमै सर्लाही ४ जाने उनको सचिवालयले...
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छन्। धापासी निमावि, फैमालचुली केन्द्रमा पुगेर उनले मतदान गरेकी हुन् । आफ्ना लागि आजको दिन एकदमै खुसीको दिन रहेको उनले बताएकी छन् । १६५ स्थानका लागि आज देशैभर चुनाव भइरहेको छ । समानुपातिक तर्फका ११० सिटका लागि पनि मतदाताहरु आफ्नो मत हालिरहेका छन्...
काठमाडौं । उदयपुरको कटारीस्थित मतदान केन्द्रमा प्रहरीको गोलीले क्षति पुगेको मतपेटिका परिवर्तनपछि पुनः मतदान सुरु भएको छ। बिहान ७:१३ बजे कटारी नगरपालिका ३ तरकारी तथा फलफूल बिक्री केन्द्र तावाखोलाको ख मतदान केन्द्रमा असावधानीका कारण प्रहरीकै गोलीले मतपेटिकामा लागेको थियो। सर्टगन पड्किएर मतपेटिका क्षति पुगेपछि रोकिएको मतदान मतपेटिका परिवर्तन गरेर पुनः...