
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनबाट मतदान गरेका छन् ।
चितवन क्षेत्र नम्बर ३ अन्तर्गत भरतपुर महानगरपालिका–१४ स्थित नेपाल पुलिस स्कुलमा रहेको ‘क’ मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् ।
उनले बिहान ७ बजेर २० मिनेटमा मतदान गरेका हुन् । नेपाल पुलिस स्कुलमा दुई वटा मतदान केन्द्र रहेका छन्, जहाँ कुल १,८६५ मतदाता रहेका छन्। मतदानपछि अध्यक्ष प्रचण्ड हेलिकप्टरमार्फत रोल्पातर्फ प्रस्थान गरेका छन् ।













