Skip

Hamro Sanchar

निर्वाचन पर्यवेक्षण गर्न ९ देशका प्रमुख आयुक्त काठमाडौंमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, २० गते


काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि नेपाल आएका विभिन्न देशका प्रमुख निर्वाचन आयुक्त तथा आयुक्तहरूलाई आयोगले निर्वाचनबारे ब्रिफिङ गरेको छ।

आयोगको निमन्त्रणामा निर्वाचन पर्यवेक्षणका लागि नेपाल आएका विभिन्न ९ देशका निर्वाचन व्यवस्थापन निकायका प्रमुख तथा अधिकारीहरूलाई निर्वाचनको तयारी, व्यवस्थापन र प्रक्रियाबारे जानकारी गराइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।

निर्वाचनलाई अन्तर्राष्ट्रिय समुदायले विशेष चासोका साथ हेरिरहेको सन्दर्भमा पर्यवेक्षकहरूको जिज्ञासा मेटिने गरी आयोगले तथ्यसहित जानकारी गराएको उनको भनाइ छ । उनका अनुसार, विदेशी पर्यवेक्षकहरू मतदान कार्यदेखि मतगणनासम्मको पर्यवेक्षण गर्ने हुँदा शनिबारसम्म नेपालमै रहनेछन् । यस अवधिमा उनीहरू आयोगसँग समन्वय गरी तोकिएका मतदान केन्द्रहरूमा पुगेर मतदान प्रक्रियाको प्रत्यक्ष अवलोकन गर्ने प्रवक्ता भट्टराईले बताए ।

यस्तो छ प्रवक्ता भट्टराईको भनाइ :

प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा निर्वाचन आयोगले आज आयोगको निमन्त्रणामा निर्वाचन पर्यवेक्षणका लागि आउनुभएका विभिन्न देशका निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तहरूलाई निर्वाचनको बारेमा ब्रिफिङ गरेको छ । उहाँहरू आयोगको निमन्त्रणामा हिजो र आज नेपाल आइपुग्नुभएको हो । हामीले आमन्त्रण गरेका निकायहरूमध्ये विभिन्न ९ वटा देशका निर्वाचन व्यवस्थापन निकायका प्रमुख तथा त्यहाँका कमिसनरहरू आउनुभएको छ । उहाँहरूलाई हामीले निर्वाचनको बारेमा जानकारी गरायौँ । उहाँहरूले मतदान सम्पन्न भई मतगणना प्रारम्भ अर्थात् शनिबारसम्म नेपालमा रहुनुहुनेछ । र, यहाँ रहँदासम्म उहाँहरूले आयोगसँगको समन्वयमा तोकिएका मतदान केन्द्रहरूमा गएर मतदानको अवस्था हेर्नुहुनेछ । र, धेरैजनाले हामीलाई बताउनुभएअनुसार, मतदानपश्चात मतगणनाको समेत सर्वेक्षण गर्न उहाँहरू इच्छुक हुनुहुनेछ । मतगणनाको समेत अवलोकन गर्नुहुनेछ । यो निर्वाचनलाई विशेष चासोको रूपमा हेरेको सन्दर्भमा निर्वाचन आयोगले उहाँहरूका जिज्ञासाहरू मेटिने गरी तथ्यसहित जानकारी गराएको छ


प्रतिकृया दिनुहोस्