
दोलखा । दोलखाको मेलुङ गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई ठूलो क्षति पुगेको छ। पार्टीको स्थानीय सभापति रामशरण पाठकको हृदयघातका कारण निधन भएको हो। वडा नम्बर १ स्थित सिम्टे निवासी ४६ वर्षीय पाठकको आज साँझ निधन भएको हो।
प्रतिनिधिसभा निर्वाचनको ठीक अघिल्लो दिन भएको यो दुर्घटनाले पार्टीका कार्यकर्ता र स्थानीय बासिन्दालाई गहिरो आघात पुगेको छ। पाठक लामो समयदेखि स्थानीय समाजसेवीका रूपमा पनि सक्रिय थिए र स्थानीय स्तरमा उनको राम्रो पहिचान थियो।
पार्टीलाई अपूरणीय क्षति
निर्वाचनको संघारमा भएको यो निधनले रास्वपालाई दोलखा जिल्लामा नै अपूरणीय क्षति पुगेको छ। पाठक निर्वाचन अभियानमा सक्रिय रूपमा सहभागी थिए। उनको नेतृत्वमा पार्टीले स्थानीय स्तरमा राम्रो संगठन खडा गरेको थियो।
शोकमा डुब्यो पूरै गाउँ
पाठकको निधनको खबरले पूरा गाउँ नै शोकमा डुबेको छ। स्थानीयले एक राजनीतिज्ञ, समाजसेवी र मिलनसार व्यक्तिलाई गुमाएकोमा दुःख व्यक्त गरेका छन्। उनको पार्थिक शरीरको अन्त्येष्टि भोलि गरिने कार्यक्रम रहेको बताइएको छ।













