Skip

Hamro Sanchar

निर्वाचनको दिन, हवाई गस्ती र हेलिकप्टर स्ट्याण्डबाई राख्ने: गृहमन्त्रालय

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, २० गते


काठमाडौं । गृहमन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठक सम्पन्न भएको छ ।

बैठकले भोलि निर्वाचनको दिन हवाई गस्ती गर्ने निर्णय गरेको गृह मन्त्रालयका सहप्रवक्ता रमा आचार्यले बताइन् । ‘बैठक भर्खरै सम्पन्न भएको छ ।

हवाई गस्ती, हेलिकप्टर स्ट्याण्डबाई राख्ने र सुरक्षामा कुनै कसर बाँकी नराख्ने गरी काम गर्ने निर्णय भएको छ’ आचार्यले भनिन् ।

बैठकमा केन्द्रीय सुरक्षा समितिका अध्यक्ष एवं गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा, सुरक्षा निकायका प्रमुख, गृहमन्त्रालयका उच्च अधिकारी सहभागी थिए ।

विद्यमान अवस्था, निर्वाचन तयारी, शान्ति सुरक्षा लगायत विषयमा छलफल भएको छ ।

यसअघि आजै बिहान मात्रै ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग जुम मिटिङमार्फत सम्पर्क गर्दै मन्त्री अर्यालले वस्तुस्थिती बुझेका थिए ।


प्रतिकृया दिनुहोस्