
काठमाडौं । हज र उमराहको निम्ति खाडी राष्ट्र साउदी अरेबिया गएका ३६ नेपाली उतै रोकिएका छन् ।
अमेरिकारइजरायल र इरानबीचको युद्ध मध्यपूर्व तथा खाडी क्षेत्रमा फैलिएपछि हजयात्रामा गएका ३६ नेपाली उतै रोकिन बाध्य भएका हुन् ।
“हज र उमराह गर्न जानुभएका ३६ नेपाली हुनुहुन्छ । फर्किने क्रममा उहाँहरू अड्किनुभएको छ,” मंगलबार ९फागुन १९० आयोजित पत्रकार सम्मेलनमा मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काले बताए ।
रुपन्देही, नवलपरासी र कपिलवस्तुबाट उमराहको लागि उनीहरू साउदी अरब गएका थिए । मदिनाबाट सारजहा हुँदै आज ९मंगलबार० काठमाडौं फर्कने उनीहरूको हवाई टिकट रहेको थियो । उनीहरू आउने भनिएको विमानको उडान रद्द गरिएको छ ।
“मदिनाबाट पाकिस्तान र बंगलादेश नियमित उडान भइरहेको अवस्थामा ढाका हुँदै नेपाल फर्कने विकल्पमा ट्राभल एजेन्सीहरूसँग कुरा गर्न सल्लाह दिएका छौँ,” उनले भने ।
उनीहरूको उडान नहुन्जेलसम्म खानाबस्नको प्रबन्ध गर्न साउदी अरेबियाको जेद्दास्थित नेपाली महावाणिज्य दूतावासलाई अनुरोध गरिएको उनले जनाए ।
तर, महावाणिज्य दूतावासले उनीहरूलाई त्यहाँ राख्नको लागि पर्याप्त स्रोत नभएको जनाएको छ । महावाणिज्य दूतावासले एयरलायन्स र नेपाली समुदायसँग समन्वय गर्न सकिने जानकारी गराएका छन् ।













