Skip

Hamro Sanchar

निर्वाचन नहुने अफवाह फैलाएको आरोपमा ज्योतिषी पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, १९ गते


काठमाडौं । यही फागुन २१ गते निर्वाचन नहुने भन्दै अफवाह फैलाएको आरोपमा मंगलबार (फागुन १९) प्रहरीले एक ज्योतिषीलाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ज्योतिषी पण्डित रुद्रनाथ अधिकारीलाई पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइएको छ ।

परिसरका एसपी पवनकुमार भट्टराईका अनुसार, अधिकारीले फागुन २१ मा चुनाव हुँदैन भनेर सामाजिक सञ्जालमा भिडियो सन्देश सार्वजनिक गरेका थिए ।

“चुनाव हुँदैन भनेर अफवाह फैलाएपछि पक्राउ गरिएको छ । उहाँमाथि अनुसन्धान हुँदै छ,” एसपी भट्टराईले भने ।


प्रतिकृया दिनुहोस्