
काठमाडौं । निर्वाचन सामग्री बोकेको गाडी रामेछापमा दुर्घटनामा परेको छ । उक्त गाडी भिरबाट खसेको हो ।
जिल्ला प्रहरीका कार्यालय रामेछापका प्रवक्ता प्रहरी निरीक्षक राजन तिमल्सिनाका अनुसार, मतपेटिकालगायत कर्मचारी सवार गाडी भीरबाट खसेको हो ।
“गाडी खस्यो भन्ने सूचना आएको छ । हामी रेस्क्युका लागि गइरहेका छौँ । गाडी नम्बर खुलेको छैन,” उनले भने ।
उनका अनुसार, मन्थलीबाट रामेछाप २ र ३ को बुथका लागि निर्वाचन सामग्री लिएर हिँडेको गाडी देउराली सिरुबारीको भिरमा खसेका छ । यसबारे थप विवरण आउन बाँकी छ ।











