Skip

Hamro Sanchar

केही दिनमै देशको बागडोर जनताले चुनेको प्रतिनिधिको हातमा पुग्छ : प्रधानमन्त्री

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, १८ गते


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनमै देशको बागडोर जनताले चुनेको प्रतिनिधिको हातमा पुग्ने बताएकी छन्।

फागु पूर्णिमा र फागुन २३ को निर्वाचन सन्दर्भमा सोमबार देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचन निष्पक्ष, स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार र निर्वाचन आयोग पूर्ण प्रतिबद्ध रहेको पनि बताएकी हुन्।

मैले सधैँ न्याय र निष्ठाको पक्षमा उभिएर काम गर्ने प्रयास गरेँ। अब केही दिनमा यो देशको बागडोर तपाईँहरूले चुन्ने प्रतिनिधिहरूको हातमा पुग्नेछ,उनले भनिन्।

उनले इतिहासकै यो कठिन मोडमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेर देशलाई नेतृत्व दिनुलाई आफूले आफ्नो मातृभूमिप्रतिको जिम्मेवारीका रूपमा लिएकी छु।

फागुन २१ गतेको निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र ऐतिहासिक बनाऔँ।

छोटो समयमा नेपालले निर्वाचन व्यवस्थापन गर्न सकेकोमा मित्रराष्ट्रहरू तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट पनि उत्साहजनक साथ र प्रतिक्रिया प्राप्त गरेको प्रधानमन्त्री कार्कीले बताइन्।

निर्वाचन व्यवस्थापनमा वस्तुगत, नगद तथा प्राविधिक सहयोग प्रदान गर्ने मित्रराष्ट्रहरूलाई म धन्यवाद दिन चाहन्छु। साथै, संयुक्त राष्ट्र संघीय निकायहरूबाट प्राप्त सहयोगका लागि पनि आभारी छौं, उनले भनिन्।

निर्वाचन आयोगले छोटो र कठिन समयमा कार्यतालिका बमोजिम सबै तयारी पूरा गरेको र प्रदेश र स्थानीय सरकारले आफ्नो सीमाभित्र रही निर्वाचन तयारीमा महत्वपूर्ण सहयोग पुर्‍याएको प्रधानमन्त्री कार्कीले बताइन् ।


प्रतिकृया दिनुहोस्