Skip

Hamro Sanchar

अब जनताले एउटा बाटो रोज्नुपर्ने भएको छ : ओली

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, १७ गते


काठमाडौं । नेकपा (एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश पहिले भन्ने भावना आवश्यक रहेको बताएका छन् ।

आज भिडियो सन्देश जारी गर्दै उनले अब बनाउने बाटो रोज्ने कि भत्काउने भन्ने स्पष्ट हुनुपर्नेमा जोड दिएका हुन् ।

“आज तपाईंले एउटा बाटो रोज्नुपर्ने भएको छ, बनाउने कि भत्काउने बाटो । निर्माणको कि ध्वंसको बाटो,” उनले भनेका छन् ।

उनले आफूविरुद्ध विभिन्न भ्रम फैलाइएको पनि बताएका छन् । आफ्ना पनि केही कमजोरी हुन सक्ने उनले स्वीकार गरेका छन् ।

“तपाईंसँग मप्रति गुनासा छन् । प्रश्न पनि छन् । मेरा कमी–कमजोरी पनि होलान्,” उनले भनेका छन् ।

उनले देशको अखण्डता, राष्ट्रिय हितका पक्षमा आफू सधैँ उभिँदै आएको र उभिने उल्लेख गरेका छन् ।

“अब स्पष्ट कित्ताकाँट गर्ने बेला आएको छ । तपाईं राष्ट्र जोगिनुपर्छ भन्ने पक्षमा कि राष्ट्रको भविष्य जे होस् भन्ने पक्षमा रु यति बेला आफू कुन कित्तामा भनेर स्पस्ट पार्नु भएन र बोल्नु भएन भने इतिहासले होइन, तपाईं आफैँले आफैँलाई कहिल्यै माफ गर्नुहुने छैन,” ओलीले भनेका छन् ।

उनले यसपालिको निर्वाचन जलाउने र बनाउनेमध्ये को रोज्ने भन्नेबीचको प्रतिस्पर्धा भएको जिकिर गरेका छन् ।


प्रतिकृया दिनुहोस्