Skip

Hamro Sanchar

रास्वपा कर्णालीकी संस्थापक महामन्त्री र सुर्खेतका कार्यवाहक सभापति कांग्रेसमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, १७ गते


काठमाडौं । रास्वपा कर्णाली प्रदेशकी संस्थापक महामन्त्री चन्द्रा बिक र सुर्खेतका कार्यवाहक जिल्ला सभापति जगत बस्नेत कांग्रेस प्रवेश गरेका छन् ।

बिक र बस्नेतसहितका नेताहरु रास्वपा परित्याग गरेर कांग्रेस प्रवेश गरेका हुन् । उनीहरुलाई आइतबार कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले सुर्खेतमा आयोजित कार्यक्रममा स्वागत गरेका छन् ।

उनीहरुसँगै रास्वपा छाडेका दर्जनौं नेता कार्यकर्ता प्रवेश गरेको कांग्रेसले दाबी गरेको छ ।


प्रतिकृया दिनुहोस्