Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

पूर्वसभामुख घिमिरेको स्पष्टीकरण : मैले कुनै पनि सन्धिमा हस्ताक्षर गरेको छैन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, १५ गते


Advertisement

काठमाडौं । पूर्वसभामुख तथा प्रतिनिधि सभा सदस्य उम्मेदवार (झापा-२)देवराज घिमिरेले महाकाली सन्धिमा हस्ताक्षर गरेको आरोप लागेपछि स्पष्टीकरण दिएका छन्।

उनले शुक्रबार विज्ञप्ति जारी गरी आफूले कुनै पनि सन्धिमा हस्ताक्षर नगरेको उल्लेख गरेका हुन्।

‘म स्पष्ट पार्न चाहन्छु-कुनै पनि सन्धिमा मैले हस्ताक्षर गरेको छैन। म उक्त समयमा सांसद थिइनँ, मन्त्री थिइनँ र राज्यको कुनै पनि ओहोदामा थिइनँ’, पूर्वसभामुख घिमिरेले भनेका छन्, ‘लोकतान्त्रिक पार्टीमा बहस र छलफल हुन्छ। पार्टीमा मेरो मत जाहेर गरेको हुँ। मसँगै थुप्रै नेताले पक्ष विपक्षमा बहस गरेका थियौँ। भएको यत्ति हो। पार्टीको वैकल्पिक केन्द्रीय सदस्यले कुनै हैसियतमा छिमेकी देशसँग सन्धि गर्दछ भन्ने पनि नबुझेको देख्दा मलाई साह्रै दिग्दारी लागेको छ।’

 


प्रतिकृया दिनुहोस्