Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

केपी ओली भन्छन् : चुनावमा राज्य संयन्त्र विलकुल निष्पक्ष र तटस्थ रहनुपर्दछ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, १५ गते


Advertisement

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि प्रश्न उठाउँदै धाँधलीरहित निर्वाचनका लागि सरकारलाई गम्भीर बन्न आग्रह गरेका छन्।

शुक्रबार दमकमा विद्यार्थीसँग अन्तरक्रिया गर्दै अध्यक्ष ओलीले निर्वाचन प्रचारप्रसारका क्रममा कसैलाई पनि अवमूल्यन गर्ने वा लोकतान्त्रिक मूल्य मान्यता विपरीतका क्रियाकलाप स्वीकार नहुने बताए।

‘निर्वाचन निष्पक्ष नभएको खण्डमा र राज्य संयन्त्रको दुरुपयोग गरी नतिजा प्रभावित पार्न खोजिएमा लोकतान्त्रिक शक्तिहरूले त्यसको परिणामलाई मान्यता दिँदैन,’ ओलीले भने।

आफूहरू निर्वाचनको प्रक्रियामा पूर्ण सहभागी हुने र लोकतान्त्रिक अभ्यासलाई स्वीकार गर्ने भए पनि निर्वाचनमा हुने कुनै पनि प्रकारको धाँधली र अनियमिततालाई स्वीकार नगर्ने बताए।

‘चुनाव स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुनुपर्छ। शान्तिपूर्ण वातावरणमा हुनुपर्दछ। राज्य संयन्त्र विलकुल निश्पक्ष, तटस्थ रहनुपर्दछ,’ ओलीले भने, ‘राज्य संयन्त्रले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराउँनुपर्दछ, निष्पक्ष भूमिकासाथ।’

कतिपय पक्षहरू अझै पनि निर्वाचन नगराउने खेलमा लागिरहेको ओलीको भनाइ थियो। संवैधानिक र लोकतान्त्रिक बाटोबाटै सबै समास्याको समाधान खोजिनुपर्नेमा उनले जोड दिए।

प्रतिनिधि सभाको पुनर्स्थापना र निर्वाचनका विषयमा आफ्ना सर्तहरू यथावत् रहेको बताउँदै ओलीले जुनसुकै परिस्थितिमा पनि निर्वाचनमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरे। निर्वाचनका दौरान राज्य संयन्त्रको भूमिका पूर्णतः निष्पक्ष र तटस्थ हुनुपर्नेमा उनले जोड दिए ।


प्रतिकृया दिनुहोस्