
काठमाडौं । नवलपरासीका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले ठकुरीलाई कांग्रेस प्रवेश गराएर खादामालाले स्वागत गरे ।
नवलपरासी बर्दघाटको चौपतामा भएको चुनावी सभामा ठकुरी कांग्रेस प्रवेश गरेका हुन् ।
कागजी बाघ रास्वपा छोडेर असली बाघ कांग्रेस रोजेको उनले बताए ।













