Skip

Hamro Sanchar

समस्याले समाधान भेट्टाउने पार्टी बन्छौँ : बालेन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, १२ गते


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले फरकफरक क्षेत्रका दुःखलाई समाधान गर्ने आश्वासन दिएका छन् ।

मंगलबार (फागुन १२)रास्वपा इटहरीको सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

“तपाईंहरूले चिया खानुभयो ? खाना खानुभयो ? कहाँको खानुभयो ? बोर्डरको तरकारी खानुभयो । इलाम, झापा, सुनसरीको तरकारी खाने बनाउनुपर्छ । यस्तो पार्टी बन्न चाहन्छ, राष्ट्रिय स्वतन्त्र पार्टी,” उनले भने ।

धान उत्पादन गरेको देशको दुःख समाधान गर्ने पार्टी रास्वपा बन्ने उनले दाबी गरे । त्यस्तै, खेतीयोग्य जमिनमा सिँचाइ दिने पार्टी रास्वपा बन्ने उनले बताए ।

“पूर्वलाई देखाएर, पैसा कमाई देखाउन चाहन्छ राष्ट्रिय स्वतन्त्र पाटी । समस्या धेरै छन् । समस्याले समाधान भेट्टाउने काम गराउन चाहन्छ । खानेतेलदेखि मरमसलाका फ्याक्ट्री छन् । यी फ्याक्ट्री सुरु गर्दा चन्दा आतंक सुरु हुन्छ । त्यो नपर्ने गरी व्यवस्था बनाउन चाहन्छ राष्ट्रिय स्वतन्त्र पाटी,” बालेनले थपे ।

पिउने पानीको समस्या समाधान गर्ने पनि उनले बताए । त्यस्तै, फुटबल क्षेत्रमा काम गरेर नतिजा दिने उनले बताए । बालेनले भने, “६० प्रतिशत फुटबल प्यलेअर कहाँबाट उत्पादन हुन्छ रु यही पूर्वबाट हुन्छ । फुटबल विकास गर्ने पार्टी बन्न चाहन्छ । मैले लगाएको सिलम साक्माले मृत्युबाट जोगाएर राख्न चाहन्छ, त्यसरी नै देश चलाउने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी ।


प्रतिकृया दिनुहोस्