
काठमाडौं । न्यायपरिषदको सिफारिस अनुरुप मन्त्रिपरिषदको बैठकले डा. दिवाकर भट्टलाई उपभोक्ता अदालतको अध्यक्षमा नियुक्त गरेको छ ।
अध्यक्षमा नियुक्त भट्ट काठमाडौं जिल्ला न्यायाधीश हुन् । उनी विगत १० वर्षभन्दा बढी समय सरकारी वकील थिए । डा. भट्टले त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर (एल.एल.एम.) गरेका छन् ।
उनले हङकङ विश्वद्यालय हङकङबाट अन्तर्राष्ट्रिय कानुन र मानव अधिकार विषयमा एल.एल.एम. गरेका थिए । त्रिभुवन विश्वविद्यालयवाट विद्यावारिधी (पीएच डी) हासिल गरेका छन् । भट्टले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा अनुसन्धान र प्रशिक्षणको समेत अनुभव सँगालेका छन् ।













