
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्यका लागि काठमाडौँ क्षेत्र नं.१ की उम्मेदवार रञ्जु दर्शनाले सन्तान जन्माएकी छिन्।
काठमाडौंको सिभिल अस्पतालमा रञ्जुले मंगलबार बिहान छोरालाई जन्म दिएकी हुन्।
सुत्केरी भएपछि उनलाई भेट्न परिवारका सदस्य र निकटका राजनीतिक सहकर्मीहरू निजामती अस्पताल पुगेका छन्। निर्वाचनको चटारो र गर्भावस्थाको चुनौतीपूर्ण समयलाई उनले सफलतापूर्वक व्यवस्थापन गर्दै आएकी थिइन्।ुुचुनाब प्रचार प्रसारको काम ४–५ दिन मात्रै बाँकी छ। अब साथीहरुले भोट माग्ने काम जारी राख्नुहुनेछुु, रञ्जुलाई भेटेर अस्पताल बाहिर निस्केका मिलन पाण्डेले भने, ‘आमा र बच्चाको स्वास्थ्य राम्रो छ।
यसअघि ९ महिनाको गर्भ बोकेरै उनी काठमाडौँ क्षेत्र नं. १ का घरदैलो कार्यक्रममा सक्रिय थिइन्। गर्भावस्थालाई लिएर सामाजिक सञ्जालमा कतिपयले आलोचना र साइबर बुलिङु गरे पनि उनले आफ्नो राजनीतिक सक्रियतालाई कम हुन दिएकी थिइनन्।
२०७४ को स्थानीय निर्वाचनमा २१ वर्षको उमेरमा काठमाडौँको मेयर पदमा उम्मेदवारी दिएर चर्चामा आएकी रञ्जु वैकल्पिक राजनीतिको स्थापित अनुहार हुन्। फागुन २१ को आम निर्वाचनका लागि उनको क्षेत्रमा चुनावी सरगर्मी तीव्र रहेकै बेला यो सुखद् खबर सार्वजनिक भएको हो ।













