Skip

Hamro Sanchar

मध्यराति धादिङमा बस दुर्घटना : १९ जनाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, ११ गते


काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौंदी नजिकै गएराति भएको बस दुर्घटनामा घाइते भएकामध्ये थप दुईजनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार१ महिला र १ पुरुष विदेशी नागरिकको उपचारको क्रममा मृत्यु भएको हो। योसँगै दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुगेको छ।

आइतबार साँझ पोखराबाट काठमाडौँका लागि छुटेको ग।२ ख १४२१ नम्बरको बस गएराति १ बजेतिर त्रिशूली नदी किनारमा खसेको थियो।

दुर्घटनामा घाइते भएकाहरुको धादिङ र काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। मृतकको अझै सनाखत हुन सकेको छैन।

घाइते २८ जनाको परिचय भने खुलेको प्रहरीले जनाएको छ।


प्रतिकृया दिनुहोस्