Skip

Hamro Sanchar

वीरगन्जमा अनिश्चितकालीन कर्फ्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, ११ गते


काठमाडौं । पर्साको वीरगन्ज महानगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सोमबार (फागुन ११) बिहान ९ः४५ बजेदेखि लागु हुने गरी कर्फ्यु आदेश जारी गरेका हुन् ।

अर्को आदेश नभएसम्मका निम्ति कर्फ्यु लगाइएको छ । “पछिल्लो सुरक्षा वस्तुस्थितिलाई मध्यनजर गरी आज मिति २०८२.११.११ गते बिहान ९ः४५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९क० बमोजिम पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका क्षेत्रभित्रका देहायका चार किल्ला तोकी सो सिमानाभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरिएको छ,” आदेशमा उल्लेख छ ।

आइतबार (फागुन १०) बेलुका वीरगन्ज–११, श्रीपुरमा पार्किङका विषयमा व्यक्तिगत विवाद भएको थियो । विवाद बढ्दै गएर दुई समुदायबीच तनाव उत्पन्न भएको थियो । दुई समुदायबीच झडप समेत भएको थियो ।

सुरक्षा निकायले पछि स्थिति नियन्त्रणमा लिएको थियो । तर, पुनः विवाद बल्झन सक्ने सम्भावनालाई मध्यनजर गरी कर्फ्यु लगाइएको प्रहरीले जनाएको छ ।

 


प्रतिकृया दिनुहोस्