Skip

Hamro Sanchar

रास्वपालाई निर्वाचन आयोगले भन्यो : घण्टी नबजाउनु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, १० गते


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले अबदेखि आफ्नो चुनाव चिह्न घण्टी बजाउँदै भोट माग्न नपाउने भएको छ ।

आइतबार निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनका लागि प्रचारप्रसार गर्दा निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्नरनगराउन आग्रह गरेको छ । यसअघि रास्वपाका उम्मेदवारले घण्टी बजाउँदै मत माग्दै आएका थिए ।

कतिपय राजनीतिक दल वा उम्मेदवारले निर्वाचन चिह्नको प्रचारप्रसार गर्दा भौतिक स्वरूपको निर्वाचन चिह्न साथमै बोकी प्रयोग गर्ने र जनसमुदायको समग्र शान्तिमा प्रतिकूल असर पारेको भन्ने सूचना र गुनासाहरू प्राप्त भएको भन्दै दल तथा उम्मेदवारलाई आग्रह गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । यही फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ।

 


प्रतिकृया दिनुहोस्