Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

बालेन लक्षित ओलिको टिप्पणी : पालिका चलाउन नसक्नेलाई प्रधानमन्त्री बनाउने रे

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, १० गते


Advertisement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पालिका चलाउन नसक्नेले देश चलाउँछु भन्दै हिँडेको बताएका छन्।

आइतबार झापामा आयोजित एक कार्यक्रममा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहलाई लक्ष्य गर्दै पालिका चलाउन नसक्नेले देश चलाउँछु भनेर चुनावमा आएको भनेका हुन्।

‘एउटा पालिका चलाउन नसकेर फेल खाएकालाई देश चलाउने जिम्मा दिने रे ! प्रधानमन्त्री बनाउने रे ! यो देश मजाक गर्ने ठाउँ हो ? यो देश प्रयोगशाला हो कसैको ?,’ उनले भने।

यस्तै उनले देशमा फेरि शान्तिपूर्ण वातावरण फर्काउन, देशको रक्षा गर्नुपर्ने बेला भइसकेको पनि बताए।

उनले एमाले विजयको तयारीमा लागिरहँदा निर्वाचन रोक्ने प्रयास भइरहेको पनि बताए।

‘अहिले पनि निर्वाचन रोक्ने प्रयास भइरहेका छन्, तर हामी अलमल नगरी विजयको तयारीमा लाग्छौं,’ उनले भने।

विपक्षी दलहरूले एमालेको झण्डा जलाउने र अवाञ्छित क्रियाकलाप गरेर निर्वाचनको वातावरण बिगार्न खोजेको उनले आरोप लगाए। उनले झन्डाको अपमान गर्नु निर्वाचन विरूद्धको अपराध भएको ओलीले बताए ।


प्रतिकृया दिनुहोस्