Skip

Hamro Sanchar

कीर्तिपुरका पूर्वमेयर र पूर्ववडाध्यक्ष नेकपा प्रवेश

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, १० गते


काठमाडौं । नेकपा (एमाले)परित्याग गरी कीर्तिपुर नगरपालिकाका पूर्वमेयर रमेश मर्हजन र वडा नं.६ का पूर्ववडाध्यक्ष नुच्छे मर्हजन नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।

पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नेता बामदेव गौतमलगायत नेताहरूले आइतबार (फागुन १०) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दुवैजनालाई स्वागत गर्दै पार्टी प्रवेश गराएका हुन् ।

पार्टी प्रवेश कार्यक्रममा संयोजक प्रचण्डले नेकपा धेरै कम्युनिस्ट पार्टीहरू मिलेर बनेको बताउँदै यो एकता सिंगो एमालेसहितको बृहत् एकतामा पुग्ने विश्वास व्यक्त गरे ।

राष्ट्रवादी शक्तिहरूबीचको सहकार्यले देशको राजनीतिमा सकारात्मक सन्देश जाने उनले धारणा राखे ।

पार्टी प्रवेश गरेका पूर्वमेयर रमेश र पूर्ववडाध्यक्ष नुच्छेले नेकपाका तर्फबाट कीर्तिपुर–१० मा तारा चिह्नबाट उमेदवार रहेकी रुपा मर्हजनलाई विजयी गराउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाए ।

पूर्वमेयर मर्हजनले दुईतिहाइको सरकारको नेतृत्व गर्दा पनि जनअपेक्षाअनुसार काम गर्न नसकी हेलिकोप्टरमार्फत बाहिरिनु परेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग जनतासँग पुनः मत माग्ने नैतिक अधिकार नभएको टिप्पणी गरे ।


प्रतिकृया दिनुहोस्