Skip

Hamro Sanchar

कुलमान भन्छन् : सहकारी ठगीका दोषीलाई कारबाही हुनुपर्छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, १० गते


बुटवल । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले उज्यालो नेपाल पार्टी सबैभन्दा नयाँ र ऊर्जाशील पार्टी भएको दाबी गरेका छन् ।

उनले जेनजी आन्दोलनको मागलाई सम्बोधन गर्न आफ्नो पार्टी स्थापना भएको बताए ।

आइतबार पार्टीले रुपन्देहीको भैरहवामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले टेस्टेड पार्टीहरू नयाँ नभएको बताए ।

उनले नेपाल विद्युत् प्राधिकरणमा आएपछि देशभरि लोडसेडिङको अन्त्य गरेको सुनाए । अब समग्र क्षेत्रको अँध्यारोलाई हटाएर सबै क्षेत्रमा लोडसेडिङ अन्त्य गरेर गरिब परिवारको अनुहारमा उज्यालो ल्याउन पार्टी अगाडि आएको उनले बताए

पूर्वमन्त्री समेत रहेका घिसिङले मिटरब्याजी, लघुवित्त, सहकारी ठगीको काण्डले किसान र विपन्न मर्कामा परेको र पीडितहरूको समस्या समाधान गर्नका लागि आयोग गठेन गरेर दोषीमाथि कडा कारबाही गर्नुपर्ने आफूहरूको एजेन्डा रहेको बताए ।


प्रतिकृया दिनुहोस्