Skip

Hamro Sanchar

निर्वाचनको समयमा ३ दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, १० गते


काठमाडौं । निर्वाचन आयोगले फागुन २१ को चुनावलाई लक्षित गर्दै ३ दिन बिदा दिन सरकारलाई सिफारिस गरेको छ।

आज सरकारलाई पत्र लेखेर आयोगले चुनावमा ३ दिन बिदा दिन सिफारिस गरेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

‘निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता बढाउने उद्देश्यले फाुन २०,२१ र २२ गते सार्वजनिक बिदा गर्न निर्वाचन आयोगले नेपाल सरकारलाई सिफारिस गरेको छ’ उनले भने ।

बिदाको निर्णय भने अब बस्ने मन्त्रिपरिषद् बैठकले गर्नेछ ।


प्रतिकृया दिनुहोस्