Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

पहिलो पार्टी बनेर मुलुकको नेतृत्व गर्छौं : एमाले

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, ९ गते


Advertisement

काठमाडौं । नेकपा एमालेले आगामी फागुन २१ गते हुने निर्वाचनपछि आफ्नै पार्टीले मुलुकको नेतृत्व लिने दाबी गरेको छ ।

एमालेले आफ्नो पार्टी पहिलो बन्ने र मुलुकको नेतृत्व लिने पनि बताएको हो ।

शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमार्फत एमालेले यस्तो दाबी गरेको हो ।

‘हामीले गरेका वाचा र विगतमा हामीले गरेका कामका उपलब्धिका आधारमा नेकपा एमाले मुलुकको सर्वाधिक लोकप्रिय पार्टी बन्नेछ, पहिलो पार्टी बन्ने छ,’ प्रचार प्रसार विभाग प्रमुख मीनबहादुर शाहीको दाबी छ ।आफ्नो पार्टी पहिलो बन्ने देखेपछि निर्वाचन प्रभावित पार्ने षड्यन्त्र भइरहेको एमालेको जिकिर छ ।

‘निर्वाचनलाई कसरी प्रभावित गर्न सकिन्छ भन्ने षड्यन्त्रका तानाबाना बुनिंदै छन् । त्यसप्रति हाम्रो ध्यानाकर्षण भएको छ,’ शाहीले भने, ‘नेकपा एमाले मुलुकको सर्वाधिक लोकप्रिय पार्टी, परिपूर्ण लोकतन्त्र, संवैधानिक सर्वोच्चता, कानुनी शासन, मानव अधिकारका आधारभूत मूल्य मान्यता, सामाजिक न्यायका सन्दर्भमा हाम्रा घोषणापत्रमार्फत हामीले गरेका वाचा र विगतमा हामीले गरेका कामका उपलब्धिका आधारमा नेकपा एमाले मुलुकको सर्वाधिक लोकप्रिय पार्टी बन्नेछ, पहिलो पार्टी बन्ने छ ।’

त्यस्तै, फागुन २१ पछि पनि अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा मुलुक अघि बढ्ने एमालेको दाबी छ ।

‘आगामी दिनमा हाम्रा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा यो मुलुकलाई समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय मार्ग तय गर्ने सन्दर्भमा फागुन २१ पछि हामी त्यसको नेतृत्व गर्नेछौं,’ पार्टीको धारणा सार्वजनिक गर्दै शाहीले भनेका छन् ।


प्रतिकृया दिनुहोस्