Skip

Hamro Sanchar

एमालेको झन्डा जलाएको आरोपमा एक जना पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, ८ गते


काठमाडौं । नेकपा एमालेको झन्डा जलाएको आरोपमा एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङले घटनामा संलग्न रहेको आरोपमा दाङको तुलसीपुर उपमहानगरपालिका-७ कालाखोलाका ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई शुक्रबार नियन्त्रणमा लिएको हो ।

बिहीबार राति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सुर्खेतबाट दाङको घोराही आउने क्रममा स्वागत कार्यक्रमको भिडमा केही अपरिचित व्यक्तिहरूले एमालेको झन्डा लगाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

उक्त घटना अनुसन्धानका क्रममा घटनामा संलग्न रहेको पहिचानको आधारमा उनीलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए।


प्रतिकृया दिनुहोस्