Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

रास्वपाको दाबी : एमालेको झण्डा जलाएका छैनौँ, दोषीलाई कारबाही होस्

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, ८ गते


Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना कार्यकर्ता नेकपा (एमाले)को झण्डा जलाउने क्रियाकलापमा संलग्न नरहेको जनाएको छ।

शुक्रबार रास्वपा दाङका सभापति विनय घिमिरेले प्रेस विज्ञप्ति जारी गरी एमालेको झण्डा जलाएको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

आफ्ना कार्यकर्ता त्यसमा संलग्न नभएको जनाउँदै रास्वपाले भनेको छ, ‘पार्टीका केन्द्रीय सभापतिज्यू सुर्खेतको कार्यक्रम समापन गरी दाङ आउने क्रममा सडक पेटीमा स्वतःस्फुर्त रुपमा स्वागतमा जुटेका शुभेच्छुकहरूको उत्साहजनक उपस्थ्तििलाई देखी अत्तालिएका केही घुसपैठ र अवाञ्छित तत्वहरूले यो भ्रमपूर्ण वातावरण सिर्जना गरेको हाम्रो स्पष्ट ठहर छ।’

रास्वपाले एमालेको झण्डा जलाउने कार्यक्रममा संलग्न व्यक्तिलाई कारबाही गर्न पनि माग गरेको छ। ‘यस घटनाको सत्य, तथ्य र निष्पक्ष छानबिन गरी दोषीलाई तत्काल कानुनी कठघरामा उभ्याउन सम्बन्धित सुरक्षा निकायसँग जोडदार माग गर्दछौँ,’ रास्वपाले भनेको छ।

सभापति घिमिरले रास्वपा विधिको शासनको पालना गर्ने जनाएको छ। उनले भनेका छन्, ‘रास्वपा विधिको शासन, सुसंस्कृत राजनीति र अहिंसाको मार्गमा अटुट विश्वास राख्ने पार्टी भएकाले यस्ता खालका अनैतिक र अलोकतान्त्रिक क्रियाकलाप हामीलाई कदापी स्वीकार्य छैनन् ।


प्रतिकृया दिनुहोस्