Skip

Hamro Sanchar

ओलिको टिप्पणी : नयाँ भनिएकाहरूलाई चिन्न ढिला गर्नु हुँदैन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, ७ गते


काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नयाँ शक्ति भनिएकाले आफ्नो हैसियत देखाइसकेको टिप्पणी गरेका छन् ।

पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्न बानेश्वरमा आयोजित कार्यक्रममा ओलीले एमालेसँग विगतका कामको अनुभव रहेको बताए । अहिले नयाँ कि पुरानो भन्ने बहस गर्ने गरिन्छ । तर, आम मतदाताले देखिसक्नुभएको छ नयाँ भनिएका धेरै पात्रले स्थानीय वा संघीय सरकारमा बसेर आफ्नो क्षमता र हैसियत देखाइसकेका छन् । एमालेसँग विगतका अनुभव छन्,” उनले भने ।

उनले सुशासन विकासको काममा एमालेले कसरी काम गर्छ भन्ने जनताले देखिसकेको बताए । “केही तत्त्वहरूले नयाँ शक्तिको मुखुण्डो लगाएका छन् । हामीले तिनलाई चिन्न ढिलो गर्नु हुँदैन,” उनले भने ।


प्रतिकृया दिनुहोस्