Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

केपी ओलीको जिकिर : देशलाई फेरि प्रयोगशाला बनाउन खोजिँदै छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, ७ गते


Advertisement

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शमौ ओलीले देशलाई फेरि प्रयोगशाला बनाउन खोजिएको जिकिर गरेका छन्।

प्रतिनिधि सभाको निर्वाचनका लागि बिहीबार एमालेको घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले देशलाई प्रयोगशाला बनाउन खोजिएको जिकिर गरेका हुन्। ‘भत्काउने र बनाउने दुई सोचबीचको द्वन्द्वका बीच देशलाई फेरि प्रयोगशाला बनाउन खोजिँदै छ,’ ओलीले भने।

उनले भदौ २३ र २४ गतेको आन्दोलनपछि अनिश्चिता छाएको बताएका छन्। उनले जेनजी आन्दोलनपछि स्वाधिनता र स्वाभिमानमाथि आक्रमण भइरहेको आरोप लगाएका छन्।

प्रजातन्त्र दिवसको अवसर पारेर एमालेले चुनावी घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।


प्रतिकृया दिनुहोस्