
काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेलले एमाले सधैँ देश निर्माण गर्ने शक्तिका रूपमा स्थापित रहेको बताएका छन् ।
काठमाडौं-५ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका नेता पोखरेलले बुधबार टोखामा आयोजित घरदैलो कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
‘एमाले सधैँ देश बनाउने काम गर्छ । देश विगार्ने काम गर्दैन,’ पोखरेलले भने, ‘एमालेले देश बनाउने काम गर्दा विरोधीहरूले अनेक बहाना गरेर बखेडा झिक्छन् ।’
नेता पोखरेलले जनताका गुनासा, आलोचना र समस्या सुन्ने र समाधानतर्फ लाग्ने प्रतिबद्धता पनि व्यक्त गरे । फरक परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा निर्वाचनले देशलाई सही ट्रयाकमा ल्याउन जरुरी रहेको उनले बताए । ‘त्यसका लागि देशभर एमालेको जित आवश्यक छ,’ पोखरेले भने ।













