Skip

Hamro Sanchar

रवि भन्छन् : अब सिंहदरबार बनाउने मात्रै होइन, बदल्ने हो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, ६ गते


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सिंहदरबार बनाउने मात्रै होइन, बदल्ने बताएका छन्।

बुधबार धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले अब सबैका अलगअलग सटर बन्द गर्नुपर्ने बताए। पुराना दलको पछि नलाग्न आग्रह गर्दै लामिछानेले भने, ‘सटर बन्द हुन्छ। कि हाम्रो गर्नुस्, कि अरुको गर्नुस्।’

उनले भारतमा रहेका सुदूरपश्चिमेलीलाई चुनावमा मतदानका लागि आउन आग्रह गरे। ‘यस पटक जनता जिताउने हो। हामी इतिहास बदल्ने सोच लिएर आएका छौँ। देशको राजनीतिक आकांक्षालाई केन्द्रमा राखेर आएका छौँ,’ लामिछानेले भने, ‘यस पटक मत नबाढ्नुहोला। यो ऐतिहासिक अवसर हो।’

उनले आफू ससाना समस्या होइन, देशकै समस्या समाधान गर्न आएको जिकिर गरे। ‘म खुद्रा खुद्रामा कुरा गर्न होइन, सबै समस्या पूरा गर्न आएको छु,’ लामिछानेले भने, ‘सिंहदरबार जलायो भनेर भन्दै छन्। सिंहदरबार बनाउने हो। सिंहदरबार बनाउनेभन्दा पनि बदल्ने हो। बदल्ने हो।’

उनले सुदूरपश्चिमेलीलाई मत नबाढ्न आग्रह गरे। सबै समस्या समाधान गर्नुपर्ने भएकाले रास्वपालाई नै मत दिनुपर्ने बताए। ‘बेथिति र भ्रष्टाचार सबै फाल्ने कि आधि फाल्ने ? पूरै फाल्ने कि आधा फाल्नेरु’ लामिछानेले भने, ‘प्रत्यक्षमा पनि घण्टी, समानुपातिकमा पनि घण्टी।


प्रतिकृया दिनुहोस्