Skip

Hamro Sanchar

धनगढीमा रास्वपाको चुनावी सभा सुरु, रवि र बालेनले सम्बोधन गर्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, ६ गते


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुदूरपश्चिम प्रदेशमा आयोजना गरेको चुनावी सभा सुरु भएको छ।

धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सुदूरपश्चिममा छन्।

धनगढीमा आयोजित चुनावी सभामा रास्वपाका सुदूरपश्चिमका उम्मेदवारले सम्बोधन गरिरहेका छन्। उम्मेदवारहरूलाई बोल्न ३ मिनेट समय दिइएको छ।

त्यसपछि रास्वपा वरिष्ठ नेता शाह र सभापति लामिछानेले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। चुनावी सभाअघि दुवै जनाले संयुक्त तस्बिर सार्वजनिक गरेका छन्।


प्रतिकृया दिनुहोस्