
काठमाडौं । शिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ परेका छन् ।
मकवानपुर स्थायी घर भई हाल काठमाडौं बस्दै आएका रिजन श्रेष्ठ बुधबार पक्राउ परेका हुन् ।
उनले गाँजा सेवन गरी युवतीलाई जिस्काएको र प्रहरीमाथि हातपातसमेत गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले जानकारी दिए ।
रिजनमाथि अभद्र व्यवहार कसुरमा मुद्दा चलाइने थापाले बताए ।
युवकले प्रहरीलाई कुटेको भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ बनेको थियो । तर, उनको पहिचान हुन नसकेपछि मंगलबार प्रहरीले सार्वजनिक सूचना जारी गर्दै पहिचानका लागि सहयोग मागेको थियो ।













