
काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपामा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
टिपरको ठक्करबाट एकजनाको मृत्यु भएपछि स्थानीय आन्दोलित भएका छन् ।
स्थानीयले टिपरमा आगजनी गरेका छन् । मृतकका परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै स्थानीयले प्रदर्शन गरिरहेका छन् । बनेपाको अवस्था तनाबग्रस्त बनेको छ ।
प्रदर्शनका कारण सवारी आवगमन अवरुद्ध भएको छ । प्रदर्शन नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।











