Skip

Hamro Sanchar

रास्वपा मधेस प्रदेशकी संस्थापक सभापति शर्माले छाडिन् पार्टी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, ६ गते


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मधेस प्रदेशकी संस्थापक सभापति ममता शर्माले पार्टी छाडेकी छन्।

पार्टी स्थापनाकालीन मूल्य, विधान र सार्वजनिक प्रतिबद्धताभन्दा विपरीत चलिरहेको आरोप लगाउँदै केन्द्रीय महिला तथा सामाजिक विकास विभागकी सदस्यसमेत रहेकी शर्माले रास्वपा परित्याग गरेकी हुन्।

‘राजनीतिमा युवा पुस्ता आउनुपर्छ र जान्नेलाई छान्ने भन्ने मूल नाराले प्रेरित भई म यस पार्टीमा आबद्ध भएकी थिएँ। तर आसन्न फागुन २१ गतेको निर्वाचन सम्बन्धित पार्टीले अवलम्बन गरेको पद्धति, पार्टीको निर्णय तथा कार्यशैली रास्वपाको स्थापनाकालीन मूल्य, पार्टी विधान र सार्वजनिक प्रतिबद्धताभन्दा ठिकविपरीत भएको अनुभव गरेको छु। संगठनमा दिनरात खटिएका क्षेमतवान घण्टी मित्रहरूको योगदानको उचित मूल्यांकन नभएको, विधि र विधानविपरीत क्रियाकलापहरू भएको, पार्टीका सिद्धान्तहरू व्यवहारमा कार्यान्वयन नभएको र मूलतस् आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरू प्रेरित भएकोबाट मेरो आत्मसम्मान र राजनीतिक मूल्यहरूमाथि आँच आउने परिस्थिति बनेको छस यी सबै क्रियाकलापहरूको साक्षी बसेर म अब मौन रहिरहन असमर्थ छु’, बुधबार बिहान विज्ञप्ति जारी गरी शर्माले भनेकी छन्, ‘त्यसकारण आजकै मितिदेखि लागु हुने गरी म यस पार्टीको साधारण सदस्यसमेत नरहने गरी आफ्नो राजीनामा पेस गर्दछु।

 

 


प्रतिकृया दिनुहोस्