Skip

Hamro Sanchar

हेटौँडामा शंकास्पद वस्तु फेला, सेनाले गर्‍यो निष्क्रिय

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, ५ गते


हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६, चिसापानीस्थित धरान–चतरा सडकखण्डमा मंगलबार (फागुन ५) बिहान देखिएको शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय गरेको छ ।

बिहान करिब सवा ५ बजे प्रहरीको गस्ती टोलीले सडकको बीचभागमा सेतो कपडाले बेरिएको र बाहिरपट्टि ‘खतरा’ लेखिएको अवस्थामा वस्तु देखेको थियो । त्यसपछि उक्त क्षेत्र घेराबन्दी गरी आवतजावत रोकिएको थियो ।

सेनाको टोलीसँग समन्वय गरी बिहान सवा ८ बजेतिर उक्त शंकास्पद वस्तु ‘डिस्पोज’ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

डिस्पोजपछि अवस्था सामान्य भएको र हाल त्यहाँ सवारीसाधन नियमित सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।

शंकास्पद वस्तु फेला परेसँगै हेटौँडासहित जिल्लामा सुरक्षा सतर्कता बढाइएको छ । उक्त वस्तु कसले र किन राखेको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस्