Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

रवि भन्छन् : सिंगो देशले मतदान होइन, मतक्रान्ति गर्नुपर्छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, १ गते


Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानले फागुन २१ मा मतदान नभएर मतक्रान्ति गर्नुपर्ने बताएका छन्।

शुक्रबार अर्धाखाँचीको सन्धिखर्कमा आयोजित मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले फागुन २१ इतिहास लेख्ने दिन हुने बताए। यो निर्वाचन सामान्य परिस्थितिमा नभएर इतिहास बनाउन हुन लागेको जिकिर गरे।

जनमतको मूल्य खेल जान नहुने उनको भनाइ थियो। ‘यस पटक सिंगो देश जागेको छ,’ लामिछानेले थपे, ‘सिंगो देशले मतदान होइन, मतक्रान्ति गर्नुपर्छ।’

उनले देशलाई नयाँबाट नभइ पुरानाबाट खतरा रहेको औंल्याए। नयाँ दलबाट लोकतन्त्रलाई कुनै खतरा नभएको जिकिर गर्दै लामिछानले भने, ‘भागेको त्यो हेरिकप्टर फेरि सिंहदरबार र बालुवाटारमा ल्यान्ड भयो भने लोकतन्त्रलाई खतरा छ।’

केही दिनदेखि पश्चिमी क्षेत्रको चुनावी यात्रामा रहेका उनी शुक्रबार सन्धिखर्क पुगेका हुन्। बिहीबार स्याङ्जा पुगेका उनी शुक्रबार पाल्पा, गुल्मी हुँदै अर्घाखाँची पुगेका थिए ।


प्रतिकृया दिनुहोस्