Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कपिलवस्तु रास्वपाका संगठन विभाग प्रमुख भट्टराई पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, २८ गते


Advertisement

काठमाडौ । कपिलवस्तुमा राष्ट्रिय स्वतन्त्र पार्टीका संगठन विभाग प्रमुख विद्युतीय अपराध अभियोगमा पक्राउ परेका छन्।

रास्वपाका जिल्ला संगठन विभाग प्रमुख रिखीराम भट्टराई बुधबार विद्युतीय अपराध ऐन २०६३ अनुसार कसुर गरेको अभियोगमा पक्राउ परेको जिल्ला प्रहरी प्रमुख डिएसपी रिपेन्द्रकुमार सिंहले सेतोपाटीलाई बताए।

वाणगंगा नगरपालिका ८, धनेशपुरका भट्टराईले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा अनुसन्धानका क्रममा रहेको सरकारी कागजात माघ २६ गते सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका थिए।

डिएसपी सिंहका अनुसार अनुसन्धानका क्रममा रहेको सरकारी कागजात सामाजिक सञ्जालमा राखेर घृणा वा द्धेष फैलाउने कार्य गरेको तथा गोपनीयता समेत भंग गरेको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको हो।

मंगलबार बेलुका ५ बजेतिर कपिलवस्तु – २ बाट प्रहरीले भट्टराईलाई पक्राउ गरेको डिएसपी सिंहले जानकारी दिए।

भट्टराई विरूद्ध विद्युतीय कारोबार ऐन २०६३ बमोजिमको कसुरमा अनुसन्धान गर्न जिल्ला अदालतले बुधबार ३ दिनको म्याद दिएको डिएसपी सिंहले जानकारी दिए।

पक्राउ परेका भट्टराईमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।


प्रतिकृया दिनुहोस्