
काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसबाट उम्मेदवार रहेकी मंधरा चिमरियाले आफूले चुनाव जित्ने बताएकी छन्।
उनले आफू यही क्षेत्रको स्थानीय भएको र सबै स्थानीयको गुनासो सुनेर काम गरेकाले जित्ने चुनाव जित्ने दाबी गरेकी हुन्।
म यहीँको स्थानीय हो। मेरो क्षेत्रमा मैले स्थानीयहरूको समस्या र गुनासो दुवै सुनेर काम गरेकी छु। बालबालिकाको क्षेत्रमा पनि विशेष काम गर्दै आएकीले यहाँ मलाई सबैले चिन्नुहुन्छ। मतदाता नै मेरो परिवार हो। भोट यसपालि मलाई नै दिनुहुन्छ,’ उनले भनिन्।
उनले आफू मिडियामा कम आए पनि जनताको घरदैलोमा सधैं पुग्ने गरेको बताइन्।
म मिडियामा कम र जनताको घरदैलोमा सधैँ पुगिरहेकी छु। त्यसकारण मलाई उहाँहरूको मतप्रति विश्वास छ, उनले भनिन्, ‘म चुनाव जित्छु।’
झापा ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, रास्वपाका वरिष्ठ नेता वालेन शाह, नेकपाबाट रन्जित तामाङलगायत उम्मेदवार छन् ।

















