Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

आफ्नालाई कारबाही नहोस् भन्ने र अरूलाई कारबाही गर्नुपर्छ भन्ने प्रवृत्ति रोक्नुपर्छ : अख्तियार प्रमुख राई

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, २८ गते


Advertisement

काठमाडौँ । अख्तियार प्रमुख प्रेम कुमार राईले आफू निकटलाई कारबाही नहोस् भन्ने चाहना राख्ने र अरूलाई मात्रै कारबाही हुनुपर्छ भन्ने प्रवृत्ति गलत रहेको बताएका छन् ।

अख्तियारको ३५ औँ स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित समारोहमा बोल्दै राईले भने, ‘आफ्ना निकटलाई कारबाही नहोस् भन्ने चाहना राख्ने तर, अरूलाई भने कारबाही भएन भनेर गुनासो गर्नै प्रवृत्ति अविलम्ब रोक्न जरुरी छ ।’
बर्सेनि उही प्रकृतिका कसुर दोहोरिएको उल्लेख गर्दै प्रमुख आयुक्त राईले अख्तियारले दिएको सुझाव सरकारले कार्यान्वयन नगरेको बताए । उनले भने, ‘आयोगको सुझाव कार्यान्वयन भएको छैन, आयोगको सुझावलाई देखाएर आफ्नो जिम्मेवारी पन्छाउने प्रवृत्ति जिम्मेवार पदाधिकारीमा देखिन्छ ।’

आयोग एक्लैको प्रयासमा भ्रष्टाचार नियन्त्रण हुन नसक्ने उल्लेख गर्दै राईले भने, ‘भ्रष्टाचारमा देखा परेका नवीनतम प्रवृत्तिका कारण नियन्त्रणमा चुनौती थपिएको छ ।’

बदलिँदो चुनौती सामना गर्न दक्ष जनशक्तिको विकास गर्न आवश्यक रहेको उनले बताए । सरकारका कार्यकारी निकाय भ्रष्टाचार विरुद्ध निर्मम र सक्रिय हुन नसके सुशासन सम्भव नहुने उल्लेख गर्दै उनले भने, ‘दण्डात्मक विधिबाट मात्रै भ्रष्टाचार नियन्त्रण सम्भव हुँदैन।, यसका लागी सबैको सामूहिक प्रयास अपरिहार्य छ ।’

‘भ्रष्टाचारको असर होइन कारण नै रोकथाम गर्नसक्ने नियन्त्रण गर्न सकिन्छ’ प्रमुख आयुक्त राईले भने, ‘लगानी वृद्धि गरेर अभियानको रुपमा देशव्यापी निरोधात्मक कार्यहरू गर्न जरुरी छ ।’

नीतिगत निर्णयको नाममा मन्त्रिपरिषद्बाट निर्णय गराएर जिम्मेवार अधिकारीहरू आफ्नो जिम्मेवारीबाट पन्छिने गरेको उनले बताए । राईले भने, ‘अख्तियारमा आउने उजुरीको ५० प्रतिशत बढी हिस्सा स्थानीय र प्रदेशसँग सम्बन्धित छन् ।’


प्रतिकृया दिनुहोस्