Skip

Hamro Sanchar

तामाकोसी बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो, ७ जना घाइतेलाई काठमाडौँ पठाइयो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, २७ गते


काठमाडौं । रामेछापस्थित तामाकोसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ।

दुर्घटनामा ८ जना घाइते भएका छन्। घाइतेमध्ये बस चालकको मन्थलीमै उपचार भइरहेको छ। गम्भीर घाइते ७ जनालाई उपचारका लागि धुलीखेल र काठमाडौँ पठाइएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बताए।

रिफर गरिएकामध्ये ६ जनालाई धुलीखेल अस्पताल लगिने र एक जनालाई काठमाडौँ ल्याइने प्रजिअ थापाले जानकारी दिए।

मंगलबार बिहान काठमाडौँबाट ओखलढुंगाका लागि छुटेको बागमती प्रदेश ०१–००५ ख ९९७५ नम्बरको बस रामेछापको मन्थली नगरपालिका ६ त्रिवेणीघाट नजिकैबाट तामाकोसीमा खसेको थियो।

ती मध्ये केहीको घटनास्थलमै र केहीको मन्थली अस्पतालमा मृत्यु भएको हो। बस मन्थली हुँदै ओखलढुंगाको पोल्थलीतर्फ जाँदै थियो।


प्रतिकृया दिनुहोस्