Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

रवि लामिछानेलाई प्रशासनले भन्यो– आचारसंहिताविपरीतका गतिविधि नगर्नू

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, २७ गते


Advertisement

काठमाडौं । जिल्ला प्रशासन कार्यालय नवलवरासी (बर्दघाट सुस्ता पश्चिम)ले निर्वाचन आचारसंहिताविपरीतका गतिविधि नगर्न आग्रह गरेको छ ।

मंगलबार (माघ २७) जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको कार्यक्रम रहेको सूचना प्राप्त भएको भन्दै प्रशासनले यस्तो आग्रह गरेको हो ।

“उपर्युक्त सम्बन्धमा मिति २०८२ साल माघ २७ गते यस जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम रहेको सूचना प्राप्त हुन आएकाले सो सम्बन्धमा निर्वाचन आचारसंहिता, २०८२ आकर्षित हुने गरी निर्वाचन आचारसंहिताविपरीतका गतिविधि नगर्नू, नगराउनुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ,” सहायक प्रमुख जिल्ला अधिकारी पोषनराज भण्डारीले जारी गरेको सूचनामा उल्लेख छ ।

आसन्न प्रतिनिधिसभा सदस्य चुनावलाई स्वतन्त्र, निष्पक्ष, स्वच्छ, भयमुक्त वातावरणमा सम्पन्न गर्न यसअघि नै निर्वाचन आचारसंहिता लागु भइसकेको सोमबार जारी सूचनामा उल्लेख छ ।


प्रतिकृया दिनुहोस्