Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

विश्वप्रकाशको टिप्पणी : धेरै बोल्ने र बोल्दै नबोल्नेबाट देश चल्दैन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, २६ गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्रीका उम्मेदवारद्वय केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्रीका लागि उपयुक्त पात्र नभएको टिप्पणी गरेका छन्।

सोमबार चितवनमा आयोजित चुनावी कार्यक्रममा बोल्दै उपसभापति शर्माले ओली बोलेको बोलेई गर्ने र शाहलाई बोल्दै नबोल्ने खालको रहेको टिप्पणी गरे। धेरै बोल्ने र बोल्दै नबोल्नेबाट देश चल्न नसक्ने शर्माको भनाइ थियो।

‘प्रधानमन्त्रीको एक जना उम्मेदवार हुनुहुन्छ बोलेको बोलेई, घोचेको घोचेई गर्ने, अर्को प्रधानमन्त्री हुनुहुन्छ एकछिन बोलेजस्तो गर्नुहुन्छ, मौन धारण। एउटा धेरै बोल्ने, अर्को बोल्दाबोल्दै हराईहाल्ने। देशको प्रधानमन्त्री धेरै बोल्नेबाट पनि चल्दैन। बोल्दै नबोल्नेबाट पनि चल्दैन,’ शर्माले भने।

उनले कांग्रेस सभापति गगन थापालाई ‘तौलेर बोल्ने’ नेताको रूपमा प्रस्तुत गरे। ‘देशको प्रधानमन्त्री ठिक्क बोल्नेबाट मात्रै चल्छ। गगन थापा त्यही कुराको तौलेर बोल्ने व्यक्तिको रुपमा हुनुहुन्छ,’ उनले भने।

अहिलेको बहस वडाध्यक्षको नभई प्रधानमन्त्रीको भएको भन्दै शर्माले झोक चल्यो भने घर जलाईदिन्छु भन्ने अभिव्यक्ति प्रधानमन्त्रीका लागि उपयुक्त नहुने टिप्पणी गरे। ‘यहाँ प्रश्न वडाध्यक्षको होइन, प्रधानमन्त्रीको छ। झोक चल्यो भने घर जलाइदिन्छु भनेको छ। यस्तै झोक चल्यो भने सोच्नुस् त१’

प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय मञ्चमा देशको प्रतिनिधित्व गर्न सक्नुपर्ने उनले औल्याए। ‘नेपालको प्रधानमन्त्री चयन भइसकेपछाडि फ्रान्सका मान्छेहरूले प्रधानमन्त्री को अरे भन्दै गर्दा त फ्रान्स र नेपालको सम्बन्धको व्याख्या गर्नसक्ने हुनुपर्‍यो नि,’ उनले भने, ‘संयुक्त राष्ट्र संघको मञ्चमा बसेर कसले नेपालको प्रतिनिधित्व गर्नसक्छरु एकचोटि सोच्नुस् त।’

उनले जेनजी आन्दोलनको क्रममा सरकारमा रहँदा पार्टीबाट भएका कमजोरीको जिम्मा लिन आफूहरु तयार रहेको पनि बताए ।


प्रतिकृया दिनुहोस्